image
image

खानीखोला हाइड्रोपावरको मुनाफामा सुधार

काठमाडौँ, २९, कात्तिक । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणका अनुसार पहिलो त्रैमासमा कम्पनीको मुनाफामा सुधार देखिएको हो । कम्पनीले पहिलो त्रैमासमा ७० लाख १९ हजार मुनाफा गरेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनी २ करोड १२ लाख ९० हजार खुद नोक्सानीमा थियो । यस वर्ष खुद नोक्सानीमा सुधार गर्दै कम्पनीले खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी बढेसँगै खुद नाफामा सुधार आएको हो । गत वर्ष विद्युत् विक्रीबाट  २ करोड ९१ लाख ८४ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष  ४ करोड ५७ लाख ३२ हजार आम्दानी गरेको हो ।

गत वर्ष २ करोड ९ लाख ४ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष  ३ करोड ४८ लाख ८७ हजार यो नाफा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी  ४६ करोड ५७ लाख १४ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम भने  ४ करोड ३० लाख ३७ हजार ऋणात्मक छ ।

दिर्घकालिन कर्जा ८७ करोड २१ लाख ६८ हजार रहेको छ । गत वर्ष यो रकम  ८६ करोड ७४ लाख ७१ हजार थियो । कम्पनीको पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी १ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ ९० दशमलव ७६ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।