image
image

आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

काठमाडौँ, २९, कात्तिक । आरएसडीसी लघुवित्त वित्तीय संथाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ३० कात्तिकमा बुकक्लोज गर्दै छ । यसअनुसार सोमबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

संस्थाले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १० मंसिरमा एसियन होटल कालिकानगर बुटवलमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

साथै, अन्य कुनै वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेडा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।