image
image

घट्यो चिलिमे जलविद्युतको खुद नाफा

काठमाडौँ २९ कात्तिक  । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी लिमिटेडले रू. २० करोड ९८ लाख ६९ हजार खुद नाफा गरेको छ । कम्पनीले सोमवार सार्वजनिक गरेको उक्त अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ६ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २२ करोड ३२ लाख ७९ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष विद्युत विक्री आम्दानी ३ दशमलव ३७ प्रतिशत कम भएसँगै कम्पनीको खुद नाफामा कमि आएको हो । गत वर्ष विद्युत विक्रीबाट रू. ३६ करोड ३९ लाख ४७ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३५ करोड १६ लाख ७८ हजार मात्र गरेको हो । आम्दानीमा कमि आएसँगै कम्पनीको सञ्चालन नाफा समेत ५ दशमलव ४२ प्रतिशत घटेको छ । गत वर्ष रू. २४ करोड ९४ लाख २० हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २३ करोड ५९ लाख ७ हजार यो नाफा गरेको हो ।

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम भने १० दशमलव ९० प्रतिशत घटेर रू. ४ अर्ब ३ करोड १७ लाख ९० हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १३ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव ९२ छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।