image
image

नेप्सेमा दोहोरो अंकको बृद्धि, चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि 

काठमाडौँ २९ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज साताको कारोबाको दोस्रो दिन सोमबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज २६.४४ अंकले बढेर दुई हजार ७ सय १५ दशमलब ३५ विन्दुमा पुगेको छ ।

आज २२८ कम्पनीको ८६ लाख ३६ हजार ६ सय ३६ शेयर ५९ हजार ३ सय १६ पटक कारोबार भएको छ ।  त्यस्तै, आज नेप्सेमा ४ अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि चार अर्बको कारोबार भएको थियो । आज कूल १३ समूह मध्ये सबै समूह बढेका छन् । 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।    

त्यस्तै, आज महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ४.४६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ३५ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको छ ।

 हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा बढी संख्यामा किनबेच भएको छ । आज यसको ८ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको हो ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।