image
image

लक्ष्मी र आरएसडीसी लघुवित्तको शेयर समायोजन

काठमाडौँ, ३०, कात्तिक । लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनस शेयर र आरएसडीसीको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो । 

समायोजन भएसँगै लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्तको शेयरमूल्य क्रमशः १ हजार ६ सय ८ रुपैयाँ ८३ पैसा र ७ सय ९२ रुपैयाँ ७३ पैसा प्रतिकित्ता शेयरमूल्य तोकिएको छ । 

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुवै लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन लक्ष्मी लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ९ सय ३० रुपैयाँ ६० पैसा र आरएसडीसीको ८ सय ७२ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।