image
image

मूल्य बढेसँगै बजारमा चिनीको अभाव

काठमाडौँ, ३०, कात्तिक । पछिल्लो पटक चिनीको मूल्य आकासिएको छ । तिहार सकिएसँगै नेपाली बजारमा चिनीको मूल्य अत्यधिक बढेको हो । मूल्य बढेसँगै बजारमा चिनीको अभाव सिर्जना हुन थालेको उपभोक्ताले गुनासो गर्न थालेका छन् । भाउ बढेकाले नाफा नहुने र उपभोक्तोको गुनासो मात्रै आउने भएपछि खुद्रा व्यापारीले चिनी राख्नै छाडेका हुन् ।

दशैं र तिहारसम्म ९० देखि १०० रुपैयाँ प्रतिकेजीमा पाइने चिनीको मूल्य यतिबेला बढेको छ । व्यापारीका अनुसार अहिले चिनीको मूल्य सय रुपैयाँ नाघेको छ । नेपाल खुद्रा व्यवसायी संघका अनुसार, तिहार र छठयता चिनीको मूल्य केही बढेकाले बजारमा अभाव हुन सक्ने जनाएको छ । केही खुद्रा व्यापारीले पुरानै चिनी ११० देखि १२० रुपैयाँसम्ममा बेचिरहेका छन् ।

चिनीको मूल्य आकासिँदा आम उपभोक्ता प्रत्यक्ष मारमा छन् । केही व्यापारीले भने चिनीको कृत्रिम अभाव सिर्जना गरेर बढी मूल्यमा चिनी बिक्रि गरिरहेको उपभोक्तो गुनासो छ । बजारमा चिनीको मूल्य आकासिँदै जाँदा त्यसको नियमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने बेखबर छ ।

चाडपर्व सकिँएसँगै बजारमा चिनीको मूल्य बढेपछि त्यसबाट व्यापारीले अस्वभाविक फाइदा लिने र उपभोक्ता ठगिएको उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन् । बजार अनुगमन गर्ने निकाय वाणिज्य विभाग लामो समय नेतृत्वविहीन हुँदा व्यापारीले मौका छोपेर अस्वभाविक लाभ उठाइरहेको उनी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।