image
image

मंगलबार नेप्सेमा उच्च अंकको वृद्धि, १३ कम्पनीको शेयरधनि मालामाल 

काठमाडौँ ३० कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको तेस्रो दिन आज मंगलबार उच्च अंकको वृद्धि भएको छ ।  नेप्से आज ६६.२२ अंकले बढेर दुई हजार ७ सय ८४ दशमलब ५८ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकममा वृद्धि भएको छ । आज नेप्सेमा ५ अर्ब ५२ करोड २१ लाख बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १३ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा नेपाल बंगलादेश बैंक, नेपाल दुरसञ्चार प्राधिकरण, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड, प्रभु इन्स्योरेनस, लिवर्टी इनर्जी, नेशनल हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।   

त्यस्तै, आज विजया लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य २.३७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ३७ करोड २६ लाख भन्दा बढीको कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।