जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ११६.११ रुपैयाँ
काठमाडौँ ३० कात्तिक । जीवन विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म ३५.३९% ले खुद नाफा वृद्धि गरी १७ करोड ६६ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी ४४.२७% ले बढेको छ । साथै, गत वर्ष सञ्चालन नोक्सान ब्यहोरेकामा अहिले १५ करोड ८३ लाख रुपैयाँ सञ्चलन नाफा गरेपछि खुद नाफामा पनि सुधार भएको हो ।
यता, निक्षेप संकलन र कर्जा लगानीमा पनि विस्तार भएको छ । आइपीओ बिक्री गरी पुँजी ६० करोड ४० लाख रुपैयाँ पुर्याएको छ भने रिजर्भ कोष निकै आकर्षक देखिएको छ । रिजर्भ कोषमा ९७.६४% वृद्धि गरी १ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ जम्मा गरेको छ । जीवन विकासको प्रतिसेयर आम्दानी वार्षिक ११६ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ ३७१ रुपेयाँ ७७ पैसा छ ।