घट्यो रेमिट्यान्स आप्रवाह
काठमाडौँ ३० कात्तिक । नेपाल राष्ट्र बैंकले मंगलबार असोज महिनाको आर्थिक एवं वित्तीय अवस्था सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार गत वर्ष असोजको तुलनामा यस वर्ष असोजमा ७.६ प्रतिशतले रेमिट्यान्समा कमी आएको छ। यस वर्ष असोजमा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले उल्लेख गरेको छ। गत वर्ष असोजमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो।
असोज महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ। असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या ६६ हजार ३१६ पुगेको छ। गत वर्ष असोजमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ।
नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या ३४ हजार ८२३ पुगेको छ। सो संख्या पनि गत वर्ष असोजको तुलनामा बढेको राष्ट्र बैंकको भनाइ छ। गत वर्ष पुनः श्रमस्वीकृति लिनेको संख्यामा ७८.६ प्रतिशतले कमी आएको थियो।