चालु खाता साढे १ खर्बले घाटामा
काठमाडौँ ३० कात्तिक । चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई रु.१ अर्ब ९२ करोड कायम भएको छ भने खुद ्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई रु.५ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ९२ करोड रहेको थियो ।