image
image

बढ्यो कफी निर्यात, यसवर्षको कफीको मूल्य निर्धारण

काठमाडौँ, १, मंसिर । विश्वव्यापी कोरोना महामारीका बीचमा पनि नेपाली कफीको निर्यातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४६.८९ मेट्रिक टन कफी निर्यात भएकोमा गत आव २०७७/०७८ मा ७२.४८ मेट्रिक टन कफी निर्यात भएको हो ।

चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार, गत आवमा ९ करोड ६० लाख ३ हजार बराबरको कफी विदेश निर्यात भएको हो । जुन, अघिल्लो आव २०७६/०७७ मा ५ करोड ७७ लाख २८ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको थियो । कोरोना महामारीका बीचमा पनि नेपाली कफीको निर्यात झन्डै दोब्बरले बढेको बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराइले बताए ।

१७ औं राष्ट्रिय कफी दिवशको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराइले नेपालमा कफी उत्पादन कम भएता पनि पछिल्लो डेढ बर्षको तथ्यांक हेर्दा कोरोना महामारीका बीचमा पनि कफी निर्यातले आर्थिक समृद्धिको बाटोमा सकारात्मक भूमिका खेलेको बताए ।

कफीको उत्पादन बढाउन प्रदेश नम्बर २ बाहेक ६ वटा प्रदेशमा कफी उत्पादनको सम्भाव्यता अध्ययन गर्दा ती प्रदेशमा कफी विस्तार गर्न सकिने सम्भावना देखिएको उनले बताए । त्यसका लागि आगामी वर्षदेखि कफी उत्पादनमा युवालक्षित कार्यक्रम अघि बढाउने योजना बनाएको उनले बताए ।

‘जबसम्म कृषिलाई व्यवसायिक बनाउनका लागि हामीले युवाजनशक्तिलाई जोड्न सक्दैनौं, तबसम्म कृषि उद्योग कहिल्यै पनि स्थायी हुन सक्दैन उनले भने, ‘सो आधारमा हामीले पनि कफी उत्पादनमा युवालाई आकर्षित गर्दै जाने गरी आगामी वर्षका लागि योजना बनाएका छौं ।

१७ औं राष्ट्रिय कफी दिवशका अवसरमा ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादनमा युवाको योगदान’ भन्ने मूल नारा तय गरिएको भट्टराइले बताए । भन्सार विभागको तथ्यांकअनुसार, आव २०७७/०७८ मा १० करोड ६७ लाख बराबरको १९८.७६ मेट्रिक टन कफी आयात भएकोमा सो हाराहारीमा झन्डै ९ करोड ६० लाख रुपैयाँको कफी निर्यात भएको देखिन्छ ।

बोर्डका अनुसार नेपालमा कुल उत्पादनको झन्डै २५ प्रतिशत कफी विदेश निर्यात हुँदै आएको छ । नेपाली कफी अन्र्तराष्ट्रिय बजारमा अत्यधिक रुचाइएको छ भने अन्य देशको तुलनामा नेपाली कफीको मूल्य बढी नै प्राप्त हुँदै आएको छ ।दशभित्रै पनि कफीको माग बढ्दै गइरहेको आन्तरिक माग पूर्तिका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा जोड दिनुपर्ने बोर्डको निष्कर्ष छ ।

यस वर्षको कफीको मूल्य निर्धारण

यसैबीच बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी यस वर्षको कफीको मूल्य निर्धारण गरेको छ । जसअनुसार, फ्रेस चेरी कफी ग्रेड ‘ए’ प्रतिकेजीको ९० रुपैयाँ र ग्रेड ‘बी’ कफीको प्रतिकेजी ८० रुपैयाँ तोकिएको छ ।

पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य ४५० रुपैयाँ र ग्रेड ‘बी’ को मूल्य ३९७ रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । त्यस्तै, ड्राइ चेरी कफीको मूल्य ग्रेड ‘ए’ प्रतिकेजी १४८ रुपैयाँ र ग्रेड ‘बी’ को प्रतिकेजी ९५ रुपैयाँ निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।