कोरोना संक्रमणदर चार प्रतिशतभन्दा कम
काठमाडौँ, १, मंसिर । गएको साउनदेखि उच्च दरमा बढेको कोरोना संक्रमणदर हाल आएर ४ प्रतिशतभन्दा तल झरेको छ । साउनयता कोरोनाको सम्भावित कुनै पनि नयाँ भेरियन्ट पुष्टि नभएका कारण साउनको मध्यमा २६ प्रतिशतको हाराहारीमा पुगेको संक्रमणदर आइतबार र सोमबार ३ प्रतिशतको हाराहारी रहेको पाइएको छ ।
यो अवधीमा ५०० भन्दा बढी संक्रमण रहेका जिल्लाको संख्या २१ पुगेकोमा सो संख्या घटेर हाल २ वटामा झरेको छ । पछिल्लो समय देशभरमा ५०० भन्दा बढी संक्रमण भएको २ जिल्लामा काठमाडौं र ललितपुर मात्र छन् । मंगलबारसम्ममा ललितपुर जिल्लामा संक्रमितको संख्या ५५३ रहेको छ भने काठमाडौँमा ५३६ ।
यो संख्या दैनिक घट्दोदरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सरकारले खोप अभियान तिव्र गतिमा संचालन गरेको र जनस्वास्थ्यका मापदण्ड पालना गरेका कारण संक्रमण घटेको हो । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले हाल आएर संक्रमणदर घटेको भए पनि सम्भावित जोखिम पूर्ण रुपमा नहटेको बताए । उनले अझैं पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालन गर्नुपर्ने बताए ।
हाल देशभर २०० भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या १० रहेको छ । २०० भन्दा बढी संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली रहेका छन् । यसैगरी मनाङ, हुम्ला र डोल्पा जिल्लामा शून्य संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले खोप अभियान संचालन गरेदेखि हालसम्म १ करोड ६५ लाख ३६ हजार ९ मात्रा खोप प्रयोग गरिसकेको छ । यसमध्ये २५.१ प्रतिशत अर्थात ७६ लाख २४ हजार ३८ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् । यसैगरी २९.३ प्रतिशत अर्थात ८९ लाख ११ हजार ९७१ जनाले आंशिक खोप लगाएको मन्त्रालयले जनाएको छ ।