image
image

एशियन लाईफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति ?


काठमाडौँ  १ मंसिर । एशियन लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर समेत २ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

आर्थिक वर्ष ०७५/७६ मा लगानीकर्ताहरुको हात खाली बनाएको कम्पनीले यस वर्ष भने उच्च लाभांश प्रस्ताव गरेको हो । कम्पनीले यस अघि आर्थिक वर्ष ०७०/७१ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिको वर्षहरुभन्दा यस वर्ष कम्पनीले उच्च लाभांश वितरण गर्न लागेको हो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।