image
image

१० अर्बको विकास ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘घ’ जारी गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले ८ वर्षको अवधिको विकास ऋणपत्र जारी गर्न लागेको हो । 

विकास ऋणपत्रमा ब्याजदर रकम भने बोलकबोलको माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितो राखी कर्जा लिन/ दिन पाइनेछ भने बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संघ संस्था तथा नेपाली नागरिकले यस ऋणपत्र खरिद गर्न पाउनेछन् । 

ऋणपत्रको बोलकबोल मिति फागुन ११ गते अपराहन्न ३ बजेसम्मका लागि तोकिएको छ । ऋणपत्र खरिद गर्न चाहने खरिदकर्ताले उक्त समयभित्र राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत् बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जिक ब्याजमा ब्याजकर लाग्नेछ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।