नेप्सेमा सामान्य अंकको वृद्धि हुँदा छ कम्पनीको शेयरधनि मालामाल
काठमाडौँ १ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको चौथो दिन आज बुधबार दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आज १६.९५ अंकले बढेर दुई हजार ८ सय १ दशमलब ५२ विन्दुमा पुगेको हो ।
आज २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८ सय ५८ शेयर ७७ हजार ५ सय १८ पटक कारोबार भएको छ । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको छ । आज कूल १३ समूह मध्ये ६ समूह बाहेक सबै बढेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी, नेपाल बंगलादेश बैंक र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज कोटलर्स नेपाल तराई र महालक्ष्मी विकास बैंक शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाm टेलीकमको भएको छ । यस बैंकको आज ५८ करोड भन्दा बढीको कारोबार भएको छ ।