आजबाट नयाँ विद्युत महशुल दर लागू, कति युनिटको कति पर्छ मूल्य ?
काठमाडौँ १ मंसिर । विद्युत नियमन आयोगले आजबाट नयाँ विद्युत महशुल दर लागू गरेको छ। नयाँ महशुल अनुसार ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क निःशुल्क गरिएको छ ।
यस्तै न्यूनतम शुल्क मासिक ३० रूपैयाँ मात्रै तोकिएको छ । सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रूपैयाँले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रूपैयाँ कायम गरिएको छ ।
सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसा घटार्ई प्रतियुनिट ९.५० रूपैयाँ कायम गरिएको छ ।
सिंगल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ रूपैयाँ घटाई प्रतियुनिट ११ रूपैयाँ कायम गरिएको छ ।