नेप्सेमा २६ लाख ९५ हजार कित्ता सेयर सूचिकृत
काठमाडौँ १ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार अरूण काबेली पावर कम्पनी लिमिटेडकाे १७ प्रतिशत बाेनस बापतकाे २६ लाख ९५ हजार ६ सय ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।
अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको थियाे । उक्त लाभांश भदौ २६ गते सम्पन्न भएकाे कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।