image
image

स्थागततर्फ सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम

काठमाडौँ १ मंसिर। आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनि लिमिटेड रहेको छ । बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने १५ संस्थालाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ ।


गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकमले सर्वाधिक कर तिरेको विभागले जनाएको छ । त्यस्तै, व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शम्शेर जबराले सर्वाधिक कर तिर्नुभएको छ । यसैगरी, कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीले सर्वाधिक बढी कर तिरेको छ ।

त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड, बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी र सरकारी तथा लघु वित्ततर्फ छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विभागले सम्मानित गरेको छ । जलविद्युत्मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको जनाइएको छ ।

त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्स सबैभन्दा बढी कर तिर्ने कम्पनी रहेका छन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) सूर्य नेपालले तिरेको छ भने सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा घोराही सिमेन्ट इण्डष्ट्रिज लिमिटेडलाई सम्मानित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।