image
image

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ, २, मंसिर । फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज मंसिर २ गते बिहीबार अन्तिम दिन हो । लाभांश प्रयोजनको लागि यसले मंसिर ५ गते आइतबार बुक क्लोज गर्दैछ । 

शुक्रबार र शनिबार सेयर कारोबार बन्द हुने भएकाले कम्पनीको लाभांश पाउन लगानीकर्ताले आजसम्म यसको सेयर खरिद गर्नुपर्छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट लागानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ । फर्स्टले लाभांश प्रस्तवसहित मंसिर १६ गते वार्षिक साधारण सभा डाकेको छ । सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ । यसको सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।