सबै भन्दा बढी आयात गर्नेमा तातोपानी भन्सार नाका, कुन बाट कति ?
काठमाडौँ २ मंसिर ।नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा चीनतर्फको नाकाबाट आयातमा उल्लेख्य बृद्धि भएको देखिन्छ । यस अविधमा तातोपानी भन्सार नाकाबाट आउने सामाग्रीको बृद्धि ८३० प्रतिशतले भएको देखिन्छ भने रसुवा नाकाबाट हुने आयातमा २४४.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको तथ्यांकमा उल्लेख छ । यी दुबै नाकाबाट धेरैजसो दशैं तथा तिहार तथा छटका सामाग्रीहरु र जाडोका गार्मेन्ट सामाग्रीहरु आयात भएको देखिन्छ ।
त्यस्तै, आयातमा उल्लेख्य बृद्धि भएको अर्को नाका हो, जलेश्वर भन्सार कार्यालय । यस नाकाबाट चालू आर्थिक वर्षको तीन महिनामा आयातभएको सामाग्रीको वृद्धिदर २८२.८ रहेको छ । यसअघि सबैभन्दा बढी आयातहुने भन्सार कार्यालयहरुमा सामान्य बृद्धि भएको छ । जसमा भैरहवा भन्सार कार्यालयबाट आयातहुने सामाग्रीको वृद्धिदर २८.३ प्रतिशत रहेको छ भने विरगञ्ज भन्सार कार्यालयबाट आयातहुने वस्तुको बृद्धिदर ८७.८ प्रतिशतमात्र रहेको छ । त्यस्तै, विराटनगर भन्सार कार्यालयबाट आयातमा ५८.१ प्रतिशतमात्र बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरि भन्सार विभागकाअनुसार चालू आर्थिक वर्षको तीन महिनामा सुख्खा बन्दरगाह भन्सारबाट ३७.४ प्रतिशतले वस्तु आयातमा बृद्धि भएको छ भने अन्य कञ्चनपुर भन्सारबाट १०१, कृष्णनगर भन्सारबाट ३१.१, मेची भन्सारबाट७३.८, नेपालगञ्ज भन्सारबाट ४१.१ प्रतिशतले वस्तु आयातमा बृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।