नेप्सेमा पहिरो,दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट
काठमाडौँ २ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से आज ३२.३९ अंकले घटेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा रोकिएको हो ।
त्यस्तै,आज २२४ कम्पनीको ९८ लाख ६२ हजार ९ सय ४० शेयेर ७० हजार ३७ पटक कारोबार भएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार भएको छ ।आज कूल १३ समूह मध्ये सबै समूह घटेर राताम्मे भएका छन् ।
नेप्सेका अनुसार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनी रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४९५.३० रुपैयाँ पुगेको छ भने तेह्रथुम पावर कम्पनीको शेयरमूल्य पनि बढेर प्रतिकित्ता ६४३.१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज मैलुङखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज ६० करोड भन्दा बढीको कारोबार भएको छ ।