image
image

अब अनलाईनबाटै घरजग्गाको किनबेच 

काठमाडौँ।  सरकारले घरजग्गाको कारोबार अब कम्पनीबाटै गर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो। 

यो प्रक्रिया कार्यान्वयनमा आएसंगै जग्गा किन्ने, बिक्री गर्ने मान्यता प्राप्त निकायबाहेक व्यक्तिले व्यक्तिलाई जग्गा बिक्री गर्न पाउने छैनन्। यस्तो व्यवस्था कार्यान्वयन भए घरजग्गा किनबेच हुँदा हुने अनियमितता रोकिने मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए।  यद्धपी भूमि बजार कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन। यसका लागि मन्त्रालयले समिति बनाएर थप अध्ययन गरिरहेको छ। 

जग्गा खरिद बिक्रीमा दलाल प्रवृत्ति निकै हाबी छ। उनीहरूले सर्वसाधारणलाई ठग्नुका साथै राजस्व पनि चुहावट भइरहेको छ। अब जग्गा किन्न र बेच्न इच्छुक व्यक्तिले सरकारले तोकेको आधिकारिक संस्थामा जानुपर्छ। खरिदकर्ताले आफूलाई पायक पर्ने र मनपर्ने स्थानमा सहजै जग्गा खरिद गर्न पाउनेछन्। बिक्री गर्ने व्यक्तिले पनि उक्त निकायमार्फत सहजै जग्गा बिक्री गर्न सक्छन्। 

मन्त्रालयले अनलाइनबाटै जग्गा खरिदबिक्री गर्ने व्यवस्था गर्न लागेको छ। बिक्री गर्नुपर्ने जग्गाको विस्तृत विवरण वेभसाइटमा राखिन्छ। खरिदकर्ताले मन परेमा उक्त अनलाइनमार्फत नै खरिद गर्न सक्छ। यसरी खरिदबिक्री गर्दा देशभरको जग्गा कारोबारको तथ्यांक राख्न सजिलो हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।