image
image

बाढीले महाकाली पुलमा २० करोड बराबरको क्षति

काठमाडौँ, ३, मंसिर । बाढीले महाकाली पुलमा २० करोड बराबरको क्षति भएको छ । गत कात्तिक महिनामा महाकाली नदीमा आएको बाढीले निर्माणाधिन पक्की पुलमा २० करोड बराबरको क्षति भएको दाबी गरिएको छ । पुलको उत्तरतर्फ दुवै किनारमा बनाउनुपर्ने पोखरीको तटबन्ध नबन्दा बढी क्षति भएको निर्माण कम्पनीले दाबी गरेको हो ।

ठूल्ठुलो ढुङ्गाको बाँध बनाउनु पर्नेमा ढुङ्गाको अभावमा बाँध निर्माण हुन नसकेको पनि ठेकेदार कम्पनीको भनाइ छ । जसका कारण पुलसम्मको पहुँचमार्ग, पोखरीको बिचमा रहेका आइसल्याण्ड र कालोपत्रे सडक बाढीले बगाएको छ । अब उक्त पुलको डिजाइन नै परिवर्तन गरेर बनाउने गरी छलफल अघि बढेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।