सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ, ३, मंसिर । आज शुक्रबार सुन चाँदी व्यवसायी महासघंले जनाए अनुसार नेपाली बजारमा सुनचाँदी मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको र आज शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २७५ कायम भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २७५ कायम भएको छ ।