image
image

२ वाणिज्य बैंक सहित ३ कम्पनीको डेढ लाख कित्ता बढी शेयर लिलाममा  

कामठाडौँ, ३, मंसिर । दुई वटा वाणिज्य बैंक सहित ३ कम्पनीको डेढ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलाममा आएको छ । प्रुडेन्शियल क्यापिटल म्यानेजमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको गरि कुल १ लाख ५१ हजार ६ सय ७५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । 

कम्पनीले प्रभु बैंकको ५० हजार कित्ता, प्राइम कर्मशियल बैंकको ६६ हजार ६ सय ७५ कित्ता र नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो ।कम्पनीले प्रभु बैंकको शेयरको न्युनतम मूल्य प्रति कित्ता २०५, प्राइम कमर्शियल बैंकको शेयरको न्युनतम मूल्य प्रति कित्ता २२५, र नेपाल ग्रामिण विकास लघुवित्तको शेयरको न्युनतम मूल्य प्रति कित्ता मूल्य ३५० रुपैयाँ कायम गरेको छ।

लिलामीको यी शेयरमा आज मङ्सिर ३ गतेदेखि मङ्सिर १० गतेसम्म आवेदन दिने सकिने छ ।आवेदन दिंदा न्युनतम २ हजार कित्ता र अधिकतम सबै शेयरको लागि आवेदन दिन सकिने छ । लिलामीको यस शेयरमा हाल कायाम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । 

शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले सम्बन्धित नियमनकारी निकायको संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको पत्र, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पछिल्लो आ।व। को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ । साथै, विद्यमान संस्थापकहरुको हकमा आफ्नो आय श्रोतको विवरण वा स्वस्घोषणा समेत पेश गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।