बाह्र वर्षपछि एक र दुई रुपैयाँको सिक्का छाप्दै राष्ट्र बैंक
काठमाडौँ ३ मंसिर । नेपाल राष्ट्र बैंकले बाह्र वर्षपछि एक र दुई रुपैयाँको सिक्का छाप्ने भएको छ । बैंकले ५० करोड बराबरको एक र दुई रुपैयाँको सिक्का छाप्ने भएको हो ।
बजारमा खुद्रा पैसाको अभाव देखिएसँगै मुद्रा व्यवस्थापन विभागले १ रुपैयाँ दरको ३० करोड रुपैयाँ बराबरको ३० करोड थान र २० करोड रुपैयाँ बराबरको २ रुपैयाँ दरको १० करोड थान सिक्का छाप्न लागिएको जनाएको छ ।
चार वर्ष अवधिका लागि एकै पटक सिक्का छाप्ने गरेको राष्ट्र बैंकले मंसिरको २० गतेपछि बजारमा १ रुपैयाँ बराबरको १० करोड थान र २ रुपैयाँको ४ करोड थान सिक्का सर्कुलेसनमा ल्याउने बताएको छ ।