image
image

भारतबाट फर्केपछि नर्सरी खेतीबाट मनग्य आम्दानी

काठमाडौँ ३ मंसिर ।बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गरेका छन्। भारतबाट फर्केपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेका रावतले नर्सरी खेती थालेको भने चार वर्ष भयो ।

पिसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्र बाजुराको अनुदानसहित ज्ञान र सीप पाएपछि नर्सरी खेती राम्रो भएको रावतको भनाइ छ। नर्सरी खेतीबाटै वार्षिक एक लाख रुपैया बचत हुने उनको भनाइ छ। अर्काको भारी बोक्नुपर्ने र गाली खाएर बस्नुपर्ने कुरा सहन नसकेर स्वदेशमै फर्किएका रावत हाल सफल नर्सरी कृषकको परिचयले चिनिन्छन् ।

पूर्वी उत्तरी क्षेत्रमा पर्ने कोल्टी क्षेत्रमा आवश्यक बिरुवा आफ्नै नर्सरीबाट जाने गरेको उनको भनाइ छ। स्याउ, ओखर, कागती, सुन्तला, मौसम, किवी, आरु आदिका बिरुवा रावतको नर्सरीमा पाइन्छ। केवल दुई कक्षा पढेका रावत आफैँ हिसाबकिताब गर्ने र बिरुवामा देखिने अधिकांश समस्याबारे जानकारी राख्छन्। छोराछोरीको पढाइलेखाइसहित परिवारको खर्च नर्सरीबाटै रावतले धानेका छन् ।

कमल फलफूल नर्सरी चलाएका रावत नमूना कृषकका रुपमा चिनिनुभएको पिसविनका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताए। पिसविनले आर्थिक अनुदानसहित ज्ञान, सीप, प्रविधि र औजार उपकरणसमेत सहयोग गर्ने गरेको परियोजनाका प्रमुख गोविन्द थापाको भनाइ छ। नर्सरी खेतीसँगै मौरीपालन पनि उनले गरेका छन् ।

धान, गहुँ लगाएर मिहिनेतको फल आए पनि गुजारा मात्र हुने भएकाले पेसालाई व्यावसायिक र आधुनिक ज्ञान, सीप तथा प्रविधिसँग जोड्नुपर्नेमा रावतको जोड छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।