image
image

नेप्सेमा ७ कम्पनीको  सेयर सुचिकृत, कुनको कति ?


काठमाडौँ ४ मंसिर । याे सातामा नेप्सेमा  विभिन्न ६ कम्पनीहरूकाे हकप्रद र बाेनस सेयर सुचिकृत भएकाे छ। सूचिकृत हुनेमा ङादी ग्रुप पावर कम्पनी लिमिटेड,  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, अरूण काबेली पावर कम्पनी लिमिटेड, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त रहेका छन् ।

 ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे छ  । यस्तै  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे ३.८ प्रतिशत बाेनस बापतकाे एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे छ ।

रूण काबेली पावर कम्पनी लिमिटेडकाे १७ प्रतिशत बाेनस बापतकाे २६ लाख ९५ हजार ६ सय ५ कित्ता सेयर र  एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता सेयर सूचिकृत भएकाे हाे । 

त्यसैगरी  एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता सेयर सूचिकृत भएकाे छ भने अपि पावर कम्पनी लिमिटेडकाे १०.५० प्रतिशत बाेनस बापतकाे २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएकाे छ । 
साथै हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) काे ७ कराेड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

यता इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको एक सय रूपैयाँ दरकाे ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।