ग्रामिण उद्योग र आर्थिक विकास गर्न ८० मिलियन डलर
काठमाडौँ, ५, मंसिर । नेपाल सरकारले विश्व बैंकसँगको सहकार्यमा ग्रामिण उद्योग र आर्थिक विकासको कार्यक्रम अगाडी सारेको छ । विश्व बैंकसँगको सहकार्यमा सरकारले ग्रामिण अर्थतन्त्र विकास गर्न ८० मिलियन डलरको आयोजना सुरु गरेको हो ।
आज कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादव र विश्व बैंकका नेपाल, माल्दिभ्स् र श्रीलंका कन्ट्री निर्देशक फरिस हदाद जेरभसले संयुक्तरुपमा आयोजनाको सुभारम्भको घोषणा गरे । यो आयोजनाले नेपालका ग्रामिण कृषिलाई उकास्ने र ग्रामिण बजार विकासलाई सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
कोरोना महामारीले बेरोजगार बनेकालाई यो आयोजनाले कृषिको विकासमार्फत रोजगारी दिने र ग्रामिण आर्थिक विकास हुने समेत बताइएको छ । मन्त्री यादवले कोरोना महामारीले धर्मराएको ग्रामिण बजार र कृषि उत्पादनलाई यो आयोजनाले उकास्ने र रोजगारी सृजना गर्ने बताए । उनले भने, ‘यो आयोजनाले साना तथा मझौला किसानको कृषिजन्य उत्पादन र रोजगारी सृजना हुन्छ ।’
यो आयोजना प्रदेश १ र २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा सञ्चालन हुने छ । यसले सरकारले लिएको कृषि रणनीति २०१५–२०३५ लाई समेत सहयोग पुग्ने विश्व बैंकले बताएको छ ।
विश्व बैंकका कन्ट्री डाइरेक्टर जेरभसले आयोजनाले ग्रामिण क्षेत्रमा कृषिले रोजगारीका अवसर सृजना गर्ने बताउँदै भने, ‘विशेषगरी यो आयोजनाले कफीखेती, चिया खेती र फलफुल तथा जडिबुटी खेतीमा प्रोत्साहन पुग्ने अपेक्षा राखिएको छ ।’