प्राधिकरणले ल्यायो विद्युत खपतको योजना
काठमाडौँ, ५, मंसिर । नेपाल विद्युत प्राधिकरणले विद्युतको माग र खपत बढाउने योजना ल्याएको छ । प्राधिकरणले सेवाग्राहीबाट माग आएको तीन दिन भित्रै विद्युत उपलब्ध गराउने योजना अगाडी बढाएको हो ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउने वित्तिक्कै विद्युत उपलब्ध गराउन आवश्यक व्यवस्था गरिसकेको छ । पछिल्लो समय सेवाग्राहीले मागेको जति विद्युत उपलब्ध नभएको गुणासो आइरहेको थियो ।
यो गुणासो आएपछि सेवाग्राहीले सिधै प्राधिकरणमा सम्पर्क गरेर आफुले लिन चाहेको सेवाका बारेमा जानकारी लिन सक्छन् । सेवाग्राहीले मागेको जति विद्युत क्षेत्रीय वितरण केन्द्रले उपलब्ध नगराए सिधै केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने भएको हो ।
प्राधिकणले गरेको नयाँ व्यवस्थाले ४०० भोल्टको लोड स्वीकृत तथा जडानका लागि धेरैमा १० दिन भित्र अनुमति दिइसक्नुपर्ने छ । यद्यपी, हाल कायम संरचनाबाट दिन मिल्ने भए ७ दिन भित्रै दिइसक्नुपर्ने र टिओडी वा स्मार्ट मिटर लिने ग्राहकका हकमा १० दिन भित्र विद्युत दिनुपर्ने व्यवस्था प्राधिकरणले ल्याएको छ ।
यस्तै, ११ वा १३ केभी क्षमताको लाइनमार्फत थप बिजुली दिनुपर्ने भएमा हाल कायम भएको संरचनाबाट बढीमा १० दिनभित्र आवश्यक काम गरिसक्नुपर्ने छ