ह्वातै घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको खुद नाफा
काठमाडौँ ५ मङ्सिर ।साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको खुद नाफा ह्वातै घटेको छ ।कर्पोरेशनले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्पोरेशनको खुद नाफा करिब ६५ प्रतिशतले घटेको छ । गत वर्ष यसै अवधिको तुलनामा ६४ दशमलव ९४ प्रतिशत कम भएको हो ।
गत वर्ष यस अवधिसम्म १ करोड ३९ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष ४८ लाख ८५ हजार रुपैयाँ मात्र यो नाफा गरेको हो । कम्पनीको कुल आम्दानी गत वर्षभन्दा यस वर्ष १६ प्रतिशत कम भएको छ ।
गत वर्ष २६ करोड ७८ लाख ३५ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २२ करोड ४७ लाख ५० हजार रुपैयाँ यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ छ भने कम्पनीको जगेडा कोष रकम १ अर्ब ३१ करोड ७६ हजार रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ दशमलव ४८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ४४९ दशमलव दशमलव ६४ रुपैयाँ छ ।