नेप्सेमा सामान्य अंकको गिरावट, दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट
काठमाडौँ ५ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार सामान्य अंकको गिरावट आएको छ । नेप्से आज ११.६० अंकले घटेर दुई हजार सात सय ५७ दशमलब ५३ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४ अर्ब ३५ करोड बराबरको भएको छ । आज २२५ कम्पनीको ७८ लाख ९४ हजार ४ सय ६८ शेयर ५४ हजार ६ सय ६४ पटक कारोबार भएको छ । साथै आज कारोबारमा आएका दुई समूह बाहेक सबै घटेका छन ।
नेप्सेका अनुसार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६४४.८० रुपैयाँ पुगेको छ भने र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि बढेर प्रतिकित्ता ९५२.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज तेह्रथुम जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ५० करोडभन्दा बढीको कारोबार भएको छ ।