बजारमा एकाएक तरलता अभाव! किन ?
काठमाडौँ १० फागुन- पछिल्लो समय लगानीयोग्य रकम अभाव हुने देखिएको छ । कोरोनको त्रास काम भए सँगै ऋण प्रवाह बढ्दो देखिन्छ र यहि अनुपातमा ऋण प्रवाह भए क्रेडिट क्रन्चको सम्भावना नजिकिदै जाने देखिएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म २ खर्ब अधिक तरलता (एक्सेस लिक्विडिटी) रहेकोमा भण्डै एक महिनाको अन्तरालमा सवा एक खर्बको तरलता बाहिरिएको छ । आथिक गतिविधि चलएमान भएसँगै पछिल्लो समय कर्जा विस्तार र आयात बढेसँगै बंैकिङ प्रणालीमा थुप्रिएको रकम बाहिरन थालेको छ । त्यस्तै अहिलेको लगानीको अनुपात हेर्दा केही समयमै बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन सक्ने कुराको आंकलन गर्न सकिने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको हो ।
त्यस्तै बैंकहरुको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुले ७४ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् । यो माघ महिनाको मात्र ऋण विस्तार हो । यता निक्षेप भने ५ अर्ब रुपैयाँले मात्र बढेको छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले कुल ३३ खर्ब १७ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् भने निक्षेप संकलन ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तयता निक्षेप २ खर्ब ९९ अर्ब रुपैयाँले बढ्दा ऋण बिस्तार ४ खर्ब १४ अर्ब रुपैयाँले बढेको हो ।