तीन महिनामा पौने १८ अर्बको खाद्यान्न आयात, यो वर्ष झनै आयात बढ्ने सम्भावना
कामठाडौँ, ६, मंसिर । नेपाललाई कृषि प्रधान देश भने र मानिन्छ तर पनि नेपालमा बर्सेनी खाद्यान्नको आयात बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र करिब पौने १८ अर्ब रूपैयाँको चामलसहित खाद्यान्न आयात भएको छ।
चालु आर्थिक वर्ष २०७८र७९ मा धान भित्र्याउने बेलामा बेमौसमी वर्षाका कारण आएको बाढीले करिब ११ अर्ब ८७ करोड रूपैयाँ बराबरको धान नष्ट गरेकाले यो वर्ष चामल आयात अझै बढ्ने सम्भावना देखिएको छ। धान नष्ट भएपछि स्वाभाविक रूपमा आयात बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीले बताए।
विगतमा पनि मिठोमसिनो चामल आयात हुन्थ्यो,’कार्कीले भने, ‘यो वर्ष बाढीले धेरै क्षति भएकाले स्वाभाविक रूपमा चामल आयात बढ्छ। गत आर्थिक वर्षमा ७९ अर्ब ५९ करोड रूपैयाँको खाद्यान्न आयात भएको थियो।
मुलुकमा सरदर मासिक ६ अर्ब रूपैयाँको खाद्यान्न आयात हुँदै आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ अर्ब ७० करोड ८४ लाखको चामलसहित खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ।