लुम्बिनी जनरल इन्स्योरेन्सले १ लाख २२ हजार बढि संस्थापक शेयर बिक्री गर्ने
काठमाडौँ, ६, मंसिर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि कम्पनीले सोमबार एक सूचना जारी गरेको हो ।
उक्त संस्थापक शेयरको मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले २५० वा सो भन्दा बढी मूल्यमा प्रतिस्पर्धात्मक रुपमा आवेदन गर्न सक्नेछन् ।
३५ दिनभित्र निवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।