image
image
न्यादी हाइड्रोपावरको आईपीओ यही साताभित्रै आउन सक्ने

न्यादी हाइड्रोपावरको आईपीओ यही साताभित्रै आउन सक्ने

काठमाडौँ, ६, मंसिर । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ यही साताभित्रै नेप्सेमा सूचीकरण हुने भएको छ। 

न्यादी हाइड्रोपावरको आरटीएस एनएमबि क्यापिटलका अनुसार आईपीओ सूचीकरणको नेपाल स्टक एक्सचेन्जमा आवश्यक कागजपत्र पुगिसकेको छ। बुधबारअघि नै आईपीओ सूचीकरण सम्झौता भएमा यही साता बिहीबारबाट कारोबार आउन सक्छ ।

न्यादी हाइड्रोपावरले गत असोजको दोस्रो साता कुल २२ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड गत कात्तिक ५ गते भएको थियो।

आईपीओ बिक्री प्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।