image
image

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो   

काठमाडौँ, ६, मंसिर । शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज सात दशमलव नौ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, होटल, जलविद्युत्, निर्जीवन बीमा, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर बढेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका ७५ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कर्णाली विकास बैंक र रिलायन्स फाइनान्सको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।