image
image

आज कति पुग्यो तरकारीको मूल्य ?

काठमाडौँ, ७, मंसिर । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो समय तरकारीमा मूल्यवृद्धि उच्च हुँदै आएको छ । मंगलबार भने, केही तरकारीको मूल्य घटेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ । सोमबार रातो आलुको प्रतिकेजी औसत मूल्य ५७.५० रुपैयाँ रहेको थियो भने आज ४३.५० रहेको छ । यस्तै, सोमबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ रहेको थियो भने आज ५५ रुपैयाँमा झरेको छ । यस्तै,  काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।

टाटे सिमीको प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ रहेको छ । नेपाली गोलभेँडाको प्रतिकेजी औसत मूल्य १३५ रुपैयाँ रहेको छ भने लोकल घिउ सिमीको प्रतिकेजी औसत मूल्य ११० रुपैयाँ रहेको छ ।​




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।