image
image

१ लाख लगानीले शेयरबाट एक वर्षमै ३.१४ करोड  

काठमाडौँ, ७, मंसिर । कृषि क्षेत्रसँग जोडिएको कम्पनी प्रोसिड इन्डियाले पछिल्लो एक वर्षको अवधिमा ३१ हजार ३६६ प्रतिशतले शानदार रिटर्न (प्रतिफल) शेयरधनीहरुलाई दिएको छ। यो कम्पनीको शेयरमा एक वर्षअघि कसैले भारु १ लाख लगाएका थिए भने उनीहरुको सम्पत्ति अहिले भारु ३.१४ करोड पुगेको छ। 

करिब १ वर्षअघि यो कम्पनीको शेयरभाउ भारु ०.३० थियो। गत नोभेम्बर १८ मा बीएसआईमा यो कम्पनीको शेयभाउ भारु ९४.४० पुगेको छ। 

पछिल्लो ६ महिनामै यो कम्पनीको शेयरभाउ करिब ६ हजार ३२१ प्रतिशतले बढेको छ। गत वर्ष मे मा यो कम्पनीको शेयर भारु १।४७ थियो। यो स्मलक्याप स्टकमा गत साताको ४ करोबार दिनमा मात्रै १८ प्रतिशतको वृद्धि भएको छ। 

यो कम्पनी एग्री कमोडिटिजको ट्रेडिङ र सिड कारोबारमा संलग्न छ। यसले थुप्रै प्रकारका बीउ र तरकारी उत्पादन, रिसर्च, विकास, प्रसंस्करण, मार्केटिङ र व्यापार गर्छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।