image
image

ब्यापार छाडेर अकबरे खुर्सानी खेतीबाट फेरिएको जिवन

काठमाडौँ, ७, मंसिर । गोरखाको गण्डकी गाउँपालिका ४ फुजेल ढाबेमा एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ । किसान जितबहादुर भट्टले आफ्नो १६ रोपनी र एक सय एक रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएका हुन् ।

दुईवर्षदेखि उनले खुर्सानी लगाउने तयारी थाले । गत भदौदेखि उत्पादन लिन सुरु गरे । अहिले सम्म पाँच क्विन्टल मात्र खुर्सानी बिक्री गरेको उनले बताए ।

खुर्सानीका लागि मात्रै उनले ३७ लाख रुपैयाँ खर्च गरेका छन् । त्यहाँको हावापानीमा अकबरे खुर्सानी राम्रो फल्ने उनले बताए । पिरो पनि अत्याधिक हुने हुँदा माग भने बढी रहेको किसान भट्ट बताउँछन् ।

खुर्सानी तीन वर्ष सम्म रहने उनी बताउँछन् । वर्षमा दुईदेखि चार पटक टिप्न मिल्छ । उनले स्थानीय महिलाहरु छ देखि १० जना सम्मलाई रोजगारी दिएका छन् ।

दैनिक ६ सय रुपैयाँमा बिहान बेलुकी घरको काम गरेर कमाई गर्न पाउँदा स्थानीय पनि दंग छन् ।

खुसार्नीको छेउछाउमा उनले फुल पनि लगाएका छन् । सयपत्रि फुल लगाउँदा खुर्सानीमा किरा कम लागेको उनको अनुभव छ । साथै खाली जमिनको पनि उपयोग भएको र फुलबाट पनि केही आम्दानी लिन सकिने उनले बताए । खुर्सानीलाई किथ्रिका र झुसिलकिराले भने सताउँछ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।