image
image

नेप्सेमा भारी अंकको गिरावट, एक कम्पनीको  शेयरमूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौँ  ७ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । सोमबार ७.९० अंकले बढेको शेयर बजार आज फेरि दोहोरो अंकले घटेको हो । नेप्से आज ३२.२९ अंकले घटेर दुई हजार सात सय ३३ दशमलब १४ विन्दुमा पुगेको हो ।   

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ३ अर्ब ९२ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।   आज २२७ कमापनिकको  ७४ लाख ४८ हजार ३ सय ६६ शेयर ५३ हजार ७ सय ७६ पटक कारोबार भएको छ  । 

आज कूल १३ समूह मध्ये  एक समूह बाहेक सबै घटेका छन् । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ । आज मानुषी लघुवित्तको शेयरमूल्य बढेर प्रतिकित्ता १९९०.१० पुगेको छ ।       

त्यस्तै, आज आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज ४१ करोड भन्दा बढीको कारोबार भएको छ । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।