image
image

लक्ष्यभन्दा ५ अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ ७ मङ्सिर ।  वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व संकलन गर्न गरेको छ। आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब ८ प्रतिशत बढी राजस्व संकलन  भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। 

सो अवधिका  लागि  विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा कार्यालयले ७० अर्ब १२ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व संकलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिए।

उनले चालु आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट संकलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट संकलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताए।  

चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा ५ प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी संकलन भएको कार्यालयले जनाएको छ। चालु आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल संकलन गर्न २४ अर्ब १२ करोड ७७ लाख रुपैयाँको लक्ष्य दिएको २४ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको जनाइएको छ।  

यसैगरी मूल्य अभिवृद्धि कर २० अर्ब ८१ करोड २८ लाख रुपैयाँ संकलनको लक्ष्य रहेका २६ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ संकलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।