image
image

४ महिनामै २४३ करोड राजश्व संकलन  

काठमाडौँ, ८, मंसिर । काठमाडौँ महानगरपालिकाले उठाउने घरबहाल कर बढेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि कात्तिकसम्म महानगरले ६६ करोड ४१ लाख घरबहाल कर उठाएको छ ।यो महानगरको वर्षिक लक्ष्यको ३७.९५ प्रतिशत हो । वर्षभरीमा महानगरले १ अर्ब ७५ करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखेको छ ।

गत आर्थिक वर्ष ०७७/०७८ को ४ महिनामा महानगरले ३३ करोड ५२ लाख घरबहाल कर उठाएको थियो । महानगरले गत आर्थिक वर्षमा १ अर्ब ३६ करोड ५० लाख घरबहाल कर उठाउने लक्ष्य राखेकोमा यसवर्ष भन ३८ करोड बढीको लक्ष्य राखेको हो । यसैबीच महानगरले सम्पत्ती, बहाल तथा पट्टा बापतबाट ४ करोड ६३ लाख कर उठएको छ । गत वर्ष महानगरले यस्तो कर ९८ लाख मात्रै उठाएको थियो । 

चालु आर्थिक वर्षको ४ महिनामा सम्पत्ति कर ३५ करोड ५२ लाख रुपैयाँ उठिसकेको महानगरले जनाएको छ । गत वर्षको यो अधिमा सम्पत्ति कर १८ करोड १३ लाख मात्रै उठेको थियो । चालु आर्थिक वर्षमा महानगरले सम्पत्ति करबापत ८० करोड रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ ।

भूमिकर तथा मालपोतवपत ५९ लाख रुपैयाँ कर उठेको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरवापत १४ करोड ६७ लाख कर उठाईसकेको छ । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा महानगरले पार्किङ शुल्कवापत १४ लाख, नक्सापास दस्तुरवापत २३ करोड ९६ लाख रुपैयाँ कर आम्दानी गरिसकेको छ । 

महानगरले सार्वजनिक गरेकोपहिलो चौमासिक विवरणमा देखाईए अुनसार ३४ शिर्षकमा कर संकलन भएको छ । यो ४ महिनामा महानगरले २ अर्ब ४३ करोड ९८ लाख कुल राजश्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको २६.८५ प्रतिशत हो । महानगरले यो वर्ष ९ अर्ब ८ करोड ७० लाख राजश्व संकलनको लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।