image
image

ह्यात प्लेस होटलले आईपीओ निष्काशन गर्ने

काठमाडौँ, ८, मंसिर । भर्खरै सञ्चालनमा ल्याएको ह्यात प्लेस होटलले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । ह्यात प्लेस सञ्चालन गरिरहेको सिटि होटल लिमिटेडले जारी पूँजीको १० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको हो ।

मंगलबार आईपीओ निष्काशनको होटल र बिक्री प्रबन्धकबीच सम्झौता भएको छ । होटलले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आईएमई क्यापिटल नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्तिकुमार गोल्यान र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले कार्तिक १५ गतेबाट काठमाडौंमा पाँच तारे होटल ह्यात प्लेस सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।