व्यापार घाटा चुलिँदै , ४ महिनामै आयातमा बाहिरियो ६ खर्ब ५० अर्ब
काठमाडौँ ८ मङ्सिर । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा आयातसँगै निर्यात बढेको भएपनि व्यापार घाटा भने चुलिँदै गएको पाईएको छ ।चालु आवको पहिलो ४ महिनामा नेपालले कुल ७ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। चालु आवको पहिलो ४ महिनाको ब्यापार घाटा ५६.८३ प्रतिशतले बढेको छ। चालुआवको पहिलो ४ महिनामा ५ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ। गत आवको सोही अवधिमा व्यापार घाटा ३ खर्ब ६२ अर्ब रुपैयाँ थियोे।
चालु आर्थिक वर्ष २०७८/०७९को पहिलो ४ महिना साउनदेखि कात्तिकसम्म नेपालले भारत तथा तेस्रो देशबाट ६ खर्ब ५० अर्ब रुपैयााँ बराबरको सामान आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६१.५७ प्रतिशतले बढी हो।
यसैगरी चालु आवको पहिलो ४ महिनामा निर्यात पनि १०४.२९ प्रतिशतले बढेको छ। चालु आवको पहिलो ४ महिनामा नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको सामान भारत तथा तेस्रोत देशमा निर्यात भएको छ। गत आवको सोही अवधिमा नेपालबाट कुल ४० अर्ब २० करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।