image
image

नेप्सेमा झिनो अंकको वृद्धि, एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि  

काठमाडौँ ८ मङ्सिर  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले बढेको छ ।आज नेप्से  १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेको हो ।

आज २२७ कम्पनीको ७४ लाख ४५ हजार २ सय २७ शेयर ५४ हजार ७ सय ३ पटक कारोबार भएको छ ।  आज कूल १३ समूह मध्ये ३ समूह बाहेक सबै बढेका छन् ।त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ । मंगलबार पनि नेप्सेमा ४ अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको थियो ।    


नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।      

त्यस्तै, आज गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।