image
image

डिजेल अयातमा ३४ अर्ब ३३ करोड खर्च 

काठमाडौँ ८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनामा नेपालको सबैभन्दा बढी आयात डिजेल भएको छ । यस अवधिमा ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँको बराबरको ४ लाख ६४ हजार किलोलिटर डिजेल आयात गरेको छ ।

त्यस्तै कच्चा भट्मासको तेल २७ अर्ब २२ करोड ७१ लाख रुपैयाँ बराबरको १७ करोड ३८ लाख ८ हजार लिटर आयात गरेको छ । यद्यपी, भटमासको कच्चा तेल आयात भएकै परिमाणमा प्रशोधित तेल निर्यात समेत हुने गरेको छ ।

यस अवधिमा २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको मोबाइलफोन, १९ अर्ब १७ करोड ५७ लाख रुपैयाँको कच्चा पाम आयल, १८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको पेट्रोल, १७ अर्ब ६६ करोड ४० लाख रुपैयाँको आइरन, स्टिल, १७ अर्ब ४३ करोड १७ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास, १४ अर्ब ९५ करोड ५० लाख बराबरको सुन र १२ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।