नेप्सेमा समन्या अंकको गिरावाट हुँदा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि
काठमाडौँ ९ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से ३.२२ अंकले घटेर दुई हजार सात सय ३१ दशमलब ७८ विन्दुमा रोकिएको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ३ अर्ब ७८ करोड ९७ लाख बराबरको कारोबार भएको छ । आज २३३ कमपनिको ७४ लाख ८६ हजार ५ सय ७५ शेयर ४७ हजार १ सय १३ पटक कारोबार भएको छ । आज कूल १३ समूह मध्ये तीन समूह बाहेक सबै घटेका छन् ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा समृद्धि फाइनान्स कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । आज समृद्धि फाइनान्स कम्पनी कम्पनीको शेयरमूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता ५६९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.५० पुगेको छ ।
त्यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज २६ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।