तोलामा २०० रूपैयाँले बढ्यो सुन
काठमाडौँ, १०, मंसिर । आज शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० छ जसको मूल्य बिहीवार प्रतितोला ९१ हजार २०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २२५ तोकिएको महासंघले जनाएको छ ।