image
image

किवी खेतिबाट इन्द्रबहादुरको फेरिएको जिवन शैली

काठमाडौँ, १०, मंसिर । गंगादेव गाउँपालिका–३ चामेका ४५ वर्षीय इन्द्रबहादुर खत्रीले किवी खेतीबाट वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले ३४ रोपनी जग्गामा करिब १ हजार किवीका बोट लगाएका छन् । २०५२ देखि किवी खेती सुरु गरेका उनको बगैंचामा झन्डै ८ सय बोटले उत्पादन सुरु गरेका छन् ।

किवी र बेर्ना बिक्री गरी गत वर्ष खर्च कटाएर २० लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । उनले गत वर्ष ९ लाखको किवी बिक्री गरेका थिए भने बेर्नाबाट ११ लाख रुपैयाँ आम्दानी गरे । परिवार पाल्न १५ वर्षअघिसम्म उनी भारतका विभिन्न ठाउँ गई मजदुरी गर्न बाध्य थिए । मजदुरी गर्ने क्रममा उनले भारतको हिमाञ्चल प्रदेशको एक किवी फार्ममा काम गर्ने अवसर पाएका थिए । ‘भारतमा सिकेको सीपले अहिले आत्मनिर्भर बनाएको छ, उनले भने, न बिक्रीमा समस्या छ, न खेती गर्न नै दुःख । करिब ३ वर्ष किवी फार्ममा काम गरेका उनले घर फर्किएपछि किवी खेती गर्ने निर्णय लिएका हुन् । जसका लागि उनले १२ वटा किवीका बोट भारतबाट ल्याएका थिए ।

अहिले बारीमा ६० क्विन्टल किवी उत्पादन भएको उनले जानकारी दिए । उनले उत्पादन गरेको किवी १ सयदेखि १ सय ५० रुपैयाँका दरले व्यापारीले बारीमै आएर खरिद गर्छन् । व्यापारीले किवी बिक्रीका लागि काठमाडौंसम्म पुर्‍याइरहेको उनले जानकारी दिए ।

उनले वार्षिक करिब १५ हजारसम्म किवीका बेर्ना बिक्री गरिरहेका छन् । गाउँमै १० रुपैयाँका दरले किवीका बेर्ना बिक्री भइरहेका छन् । अहिले उनको किवी फार्ममा घरका १० सदस्यसहित बाहिरका ४ युवाले रोजगारी पाएका छन् । तर किवी खेतीका लागि सरकारी निकायबाट प्राविधिक सहयोग नपाइएको उनले गुनासो गरे । अहिले चामेका करिब २ सय ५० परिवारले बारीमा किवीका बेर्ना लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।